Advertisement Space

Contact us for advertising

Entertainment

अक्षय कुमारको ‘कन्नप्पा’ फिल्म असार १३ गते रिलिज हुने

२०२५ मे १९mewsmedia2024अनुमानित पढ्ने समय: 1 मिनेट

Advertisement Space

Contact us for advertising

अक्षय कुमारको ‘कन्नप्पा’ फिल्म असार १३ गते रिलिज हुने

लिउड अभिनेता अक्षय कुमारको पहिलो तेलुगु फिल्म ‘कन्नप्पा’ को रिलिज मिति सार्वजनिक गरिएको छ। निर्माण पक्षले आइतबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म असार १३ गते अर्थात जुन २७ मा प्रदर्शनमा आउने जानकारी दिएको हो।

फिल्ममा अक्षय कुमारले भगवान महादेवको भूमिका निर्वाह गरेका छन्। ‘कन्नप्पा’ एक यस्तो व्यक्तिको कथा हो, जसले सुरुमा भगवानमा विश्वास गर्दैन तर पछि उनी शिव भक्त बन्छन्। फिल्ममा मुख्य पात्र कन्नप्पाको भूमिका विष्णु मन्चुले निभाएका छन्।

फिल्ममा अक्षय र विष्णुसँगै मोहनलाल, प्रभास, नयनतारा, काजल अग्रवाल र प्रीति मुकुन्दन जस्ता चर्चित कलाकारहरूको पनि अभिनय रहेको छ। फिल्मलाई भव्य र धार्मिक पृष्ठभूमिमा तयार गरिएको छ।

‘कन्नप्पा’ लाई लिएर दर्शकहरूमा उच्च उत्साह देखिएको छ। अक्षय कुमारलाई तेलुगु फिल्ममा पहिलोपटक देख्न पाउनु दर्शकका लागि विशेष अनुभव बन्ने अपेक्षा गरिएको छ।

Share:

Advertisement Space

Contact us for advertising