सम्पादकीय टोली

  • संचालक: रवि चौधरी
  • प्रधान सम्पादक: सन्तोष चौधरी
  • सिस्टम अपरेटर: रामकेश गुप्ता
  • समाचार सहयोगी: साधना कुमारी थारु चौधरी
  • कार्यालय व्यवस्थापक: जनकनन्दनी चौधरी

सम्पर्क

  • मायादेवी गाउँपालिका ०३, गुण्डा चोक, रुपन्देही, नेपाल
  • फोन: +९७७ ९७०२६८३६१८
  • ईमेल: news@mewskhabar.com

कानुनी

  • प्रेस काउन्सिल दर्ता नं: ४९९७/८१-८२
  • सूचना विभाग दर्ता नं: ४७१६/८१८२
  • स्वाधिकार © २०८२ मेउज खबर | All rights reserved.
  • Developed by Mews Media Pvt. Ltd.

मेउज खबर — हाम्रो लुम्बिनी, हाम्रो खबर

Advertisement Space

Contact us for advertising

News

लागू औषध सहित बुटवलबाट चार जना पक्राउ

२०२५ मे २३mewsmedia2024अनुमानित पढ्ने समय: 1 मिनेट

Advertisement Space

Contact us for advertising

लागू औषध सहित बुटवलबाट चार जना पक्राउ

बुटवल, जेठ ९ — बुटवल उपमहानगरपालिका क्षेत्रमा लागू औषध कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुधबार राती करिब ११ बजे बुद्धनगर क्षेत्रमा ब्राउन सुगरको अवैध कारोबार भैरहेको भन्ने गोप्य सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवलको संयुक्त टोली खटिएको थियो।

प्रहरी टोलीले बुद्धनगरमा चेकजाँच गर्ने क्रममा ४ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर र एक थान डिजिटल तराजु फेला पार्दै चार जनालाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये बुटवल उपमहानगरपालिका वडा नं. ११ बस्ने २४ वर्षीय विष्णु थापा, वडा नं. ७ शिवनगर बस्ने २४ वर्षीय सन्दिप सुनार, कपिलवस्तु यशोधरा गाउँपालिका वडा नं. १ का २९ वर्षीय विवेक चौधरी र कृष्णनगर नगरपालिका वडा नं. ९ का २० वर्षीय विपिन चौधरी रहेका छन्।

हाल चारै जनालाई जिल्ला अदालत रुपन्देहीबाट ७ दिनको म्याद थप गराई इलाका प्रहरी कार्यालय बुटवलमार्फत थप अनुसन्धान अगाडि बढाइएको प्रहरी कार्यालयले जनाएको छ।

Share:

Advertisement Space

Contact us for advertising

Advertisement Space

Contact us for advertising

थप समाचार

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो
News

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो

२०२५ मे २३
लागू औषध सहित बुटवलबाट चार जना पक्राउ
News

लागू औषध सहित बुटवलबाट चार जना पक्राउ

२०२५ मे २३
सुनको भाउ तोलामा ११ सयले घट्यो
Business

सुनको भाउ तोलामा ११ सयले घट्यो

२०२५ मे २३

Advertisement Space

Contact us for advertising