बलिउड कलाकारहरू प्रायः आफ्नो वास्तविक नाम त्यागेर फरक नाम अपनाउने गर्छन्। यसले उनीहरूको पहिचान मात्र होइन, ब्रान्ड पनि बलियो बनाउँछ। कहिलेकाहीँ नाम परिवर्तन सुझाव निर्माता वा निर्देशकबाट नै आउँछ भने कतिपयले व्यक्तिगत कारणले यस्तो निर्णय लिन्छन्। यहाँ प्रस्तुत छन् बलिउड छिर्दा नाम फेरेका २३ चर्चित कलाकारहरूको सूची:
अमिताभ बच्चन – उनको नाम पहिले इन्किलाब श्रीवास्त राख्ने तयारी थियो। तर कवि सुमित्रानन्दन पन्तको सुझावमा उनी अमिताभ बने।
रजनीकान्त – वास्तविक नाम शिवाजी राव गायकवाड। रजनीकान्त नाम निर्देशक के बालचन्द्रले दिएका थिए।
सलमान खान – उनको पूरा नाम अब्दुल रशिद सलिम सलमान खान हो।
सैफ अली खान – जन्म नाम सजिद अली खान थियो।
रेखा – उनको वास्तविक नाम भानुरेखा गणेशन हो।
ऋतिक रोशन – वास्तविक नाम ऋतिक राकेश नागरथ।
कियारा अडवानी – पहिलेको नाम आलिया अडवानी।
कार्तिक आर्यन – वास्तविक नाम कार्तिक तिवारी।
आयुष्मान खुराना – उनको पुरानो नाम निशान्त खुराना हो।
राजकुमार राव – नाम पहिले राज कुमार यादव थियो।
अक्षय कुमार – पहिलो फिल्ममा राजिव हरि ओम भटिया नाम थियो।
शिल्पा शेट्टी – जन्म नाम अश्वीनी शेट्टी।
जोन अब्राहम – वास्तविक नाम फरहान अब्राहम।
कट्रिना कैफ – उनको असली नाम कट्रिना टुर्कोटे हो।
रणवीर सिंह – पूरा नाम रणवीर सिंह भवनानी।
अजय देवगन – नाम पहिले विशाल थियो।
शाहिद कपूर – वास्तविक नाम शाहिद खट्टर।
धर्मेन्द्र – उनको वास्तविक नाम धरम सिंह देओल हो।
ज्याकी श्राफ – असली नाम जयकिशेन काकुभाइ।
टाइगर श्राफ – वास्तविक नाम हेमन्त श्राफ।
प्रभास – उनको पूरा नाम वेंकट सत्यनारायण प्रभास राजु उप्पलापति।
अनुष्का शेट्टी – वास्तविक नाम स्वीटी शेट्टी।
तब्बु – वास्तविक नाम तबस्सुम हाश्मी खान।
यी नाम परिवर्तनहरूले कति कलाकारको करिअर चम्कायो भने केहीका लागि त यिनीहरूलाई दर्शकसँग अझ जोडिन सहयोग गर्यो। बलिउडको ग्ल्यामर संसारमा नाम परिवर्तन कहिले ब्रान्ड बनाउने रणनीति हुन्छ, त कहिले परिचय सिमित राख्ने चाहना।