Advertisement Space

Contact us for advertising

News

लुम्बिनीका पत्रकारलाई डिजिटल पत्रकारिता तालिम

२०२५ मे २३mewsmedia2024अनुमानित पढ्ने समय: 1 मिनेट

Advertisement Space

Contact us for advertising

लुम्बिनीका पत्रकारलाई डिजिटल पत्रकारिता तालिम

लुम्बिनी प्रदेशका पत्रकारहरूले डिजिटल पत्रकारिता सम्बन्धी विशेष तालिम प्राप्त गरेका छन्। नेपाल पत्रकार महासंघ लुम्बिनीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा प्रदेशका १२ वटै जिल्लाका पत्रकारलाई डिजिटल पत्रकारिता तालिम दिएको हो।

महासंघका अध्यक्ष सुक्रऋषी चौलागाईका अनुसार सूचना प्रविधिको तीव्र विकाससँगै न्यू मिडियाको प्रयोग बढ्दै गएकाले यसलाई प्रभावकारी ढंगले प्रयोग गर्न तालिम आवश्यक रहेको बताए। तालिम बर्दिया, दाङ, प्युठान, रुकुमपूर्व, पाल्पा र रुपन्देहीमा दुई–दुई दिनसम्म सञ्चालन गरिएको हो।

तालिममा अनलाइन पत्रकारिता, युट्युब सामाग्रीको निर्माण तथा प्रस्तुतिकरण, र न्यू मिडियामा समाचारको प्रभावकारी उपयोगबारे जानकारी प्रदान गरिएको थियो।

बुटवलमा बिहीबार सुरु भएको तालिमको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले न्यू मिडियाको प्रयोगसँगै देखिएका नकारात्मक पक्षप्रति पत्रकारहरू सचेत रहनुपर्ने बताए। उनले तालिमले न्यू मिडियाको सवल र दुर्बल पक्ष पहिचान गर्न पत्रकारहरूलाई सक्षम बनाउने विश्वास व्यक्त गरे।

Share:

Advertisement Space

Contact us for advertising