सम्पादकीय टोली

  • संचालक: रवि चौधरी
  • प्रधान सम्पादक: सन्तोष चौधरी
  • सिस्टम अपरेटर: रामकेश गुप्ता
  • समाचार सहयोगी: साधना कुमारी थारु चौधरी
  • कार्यालय व्यवस्थापक: जनकनन्दनी चौधरी

सम्पर्क

  • मायादेवी गाउँपालिका ०३, गुण्डा चोक, रुपन्देही, नेपाल
  • फोन: +९७७ ९७०२६८३६१८
  • ईमेल: news@mewskhabar.com

कानुनी

  • प्रेस काउन्सिल दर्ता नं: ४९९७/८१-८२
  • सूचना विभाग दर्ता नं: ४७१६/८१८२
  • स्वाधिकार © २०८२ मेउज खबर | All rights reserved.
  • Developed by Mews Media Pvt. Ltd.

मेउज खबर — हाम्रो लुम्बिनी, हाम्रो खबर

Advertisement Space

Contact us for advertising

Blog

भारतका ११ सहरमा पाकिस्तानी ड्रोन हमला, तीन राज्यमा ब्ल्याकआउट र आईपीएल खेल रद्द

२०२५ मे ९mewsmedia2024अनुमानित पढ्ने समय: 2 मिनेट

Advertisement Space

Contact us for advertising

भारतका ११ सहरमा पाकिस्तानी ड्रोन हमला, तीन राज्यमा ब्ल्याकआउट र आईपीएल खेल रद्द

नयाँ दिल्ली — भारतका जम्मू–कश्मीर, पञ्जाब र राजस्थान राज्यका ११ सहरमा पाकिस्तानी ड्रोन र मिसाइल आक्रमण भएको पुष्टि भारतीय सञ्चारमाध्यमहरूले गरेका छन्। पछिल्ला दुई दिनदेखि पाकिस्तानले भारततर्फ ड्रोन प्रहार गरिरहेको छ।

जम्मू–कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनिया; पञ्जाबको पठानकोट; तथा राजस्थानका जैसलमेर र पोखरणमा ड्रोन आक्रमण भएको जनाइएको छ। पाकिस्तानले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनमा पनि आक्रमणको प्रयास गरेको भए पनि भारतीय वायु रक्षा प्रणालीले उक्त आक्रमणलाई विफल बनाएको दाबी गरिएको छ।

राजस्थानका सीमावर्ती जिल्लाहरूमा सुरक्षा सतर्कता स्वरूप पूर्ण ब्ल्याकआउट गरिएको छ। पञ्जाबको जालन्धर र अमृतसर, तथा बीकानेर र श्रीगंगानगरमा पनि अन्धकार गरिएको छ। जम्मू, किस्तवाड, अखनूर, साम्बा र पठानकोट क्षेत्रमा पनि उस्तै आदेश जारी गरिएको छ।

आरएस पुरा सेक्टरमा भने पाकिस्तानतर्फबाट भारी गोलाबारी भइरहेको छ भने नियन्त्रण रेखा नजिकै कुपवाडा र बारामुल्लामा दुवै पक्षबीच तीव्र गोली हानाहान जारी रहेको बताइएको छ।

यस सैन्य तनावबीच इन्डियन प्रिमियर लिग (आईपीएल) मा असर परेको छ। हिमाञ्चल प्रदेशको धर्मशालास्थित एचपीसीए मैदानमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल सुरक्षाका कारण बीचमै रोकिएको छ। मैदानका फ्लडलाइटहरू निभाएर दर्शकहरूलाई मैदान खाली गर्न लगाइएको थियो। खेल रोकिँदासम्म पञ्जाबले १०.१ ओभरमा १ विकेटको क्षतिमा १२२ रन बनाइसकेको थियो।

भारतीय सेनाले उच्च सतर्कता अपनाएको र स्थिति नियन्त्रित राख्न प्रयास भइरहेको जानकारी दिएको छ।

Share:

Advertisement Space

Contact us for advertising

Advertisement Space

Contact us for advertising

थप समाचार

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो
News

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो

२०२५ मे २३
लागू औषध सहित बुटवलबाट चार जना पक्राउ
News

लागू औषध सहित बुटवलबाट चार जना पक्राउ

२०२५ मे २३
सुनको भाउ तोलामा ११ सयले घट्यो
Business

सुनको भाउ तोलामा ११ सयले घट्यो

२०२५ मे २३

Advertisement Space

Contact us for advertising