७ जेठ, काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–१ मा सडकमा छट्पटिरहेकी महिलालाई सफल रूपमा सुत्केरी गराएकी प्रहरी जवान चन्द्रिकाकुमारी देउवालाई प्रहरी महानिरीक्षक (IGP) दीपक थापाले विशेष रूपमा सम्मानित गरेका छन्।
सडक छेउमा सुत्केरी व्यथाले पिडित चन्द्रा आचार्यलाई स्थानीय व्यक्तिको आँगनमा सहयोग पुर्याउँदै सुत्केरी गराएकी देउवाले प्रहरीको मानवतावादी छवि उजागर गरेको भन्दै प्रशंसा गरिएको हो। IGP थापाले प्रहरी संगठनको इज्जत बढाउने कार्य गरेको भन्दै देउवालाई पुरस्कार प्रदान गरेका हुन्।
यसअघि जिल्ला प्रहरी कार्यालय कैलालीले पनि देउवालाई प्रशंसापत्र र रेकर्डमा कायम हुनेगरी सम्मान गरिसकेको थियो। कैलालीका प्रहरी प्रमुख एसपी बाल नरसिंह राणाले उनलाई औपचारिक कार्यक्रममार्फत पुरस्कृत गरेका थिए।
देउवा हाल प्रहरी चौकी खैरानामा कार्यरत छन्। उनले सडकमा छट्पटाइरहेकी बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई सुरक्षित रूपमा सुत्केरी गराईपछी पद्मा अस्पतालसम्म पुर्याउन सहयोग गरेकी थिइन्।