काठमाडौं – मिस्टर एण्ड मिस नेशनल २०२५ को उपाधि विजेताहरूको नाम औपचारिक रूपमा सार्वजनिक गरिएको छ। भव्य समारोहबीच सम्पन्न प्रतियोगितामा विभिन्न विधाका ताज विजेताहरूले नेपालको सौन्दर्य, प्रतिभा र आत्मविश्वासलाई उजागर गरेका छन्। विजेता सबैले अब नेपाललाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्रतिनिधित्व गर्नेछन्।
घोषित विजेताहरू यसप्रकार छन्:
- Miss Nepal Supranational 2025 – दीक्षा अवस्थी (Dixya Awasthi)
- Mister Nepal Supranational 2025 – साइरस विश्वकर्मा (Cyrus Bishwakarma)
- Miss Nepal Globe 2025 – रिजु भट्टराई (Riju Bhattarai)
- Mister Nepal International 2025 – सिद्धार्थ तामाङ (Siddharth Tamang)
- Miss Nepal Intercontinental 2025 – सुम्निमा पुरी (Sumnima Puri)
- Mister Nepal Tourism 2025 – क्रिशल श्रेष्ठ (Krishal Shrestha)
कार्यक्रममा विजेताहरूलाई ताज, प्रमाणपत्र र अवार्ड प्रदान गरिनुका साथै उनीहरूको आगामी अन्तर्राष्ट्रिय यात्रा सफल रहोस् भन्ने शुभकामना व्यक्त गरिएको थियो। आयोजक संस्थाका अनुसार यी विजेताहरू अब विश्वका प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा नेपालको पहिचान बोकेर प्रस्तुत हुनेछन्।
नेपालको कला, संस्कृति र सौन्दर्यलाई विश्वमञ्चमा चम्काउने लक्ष्यसहित आयोजित यो प्रतियोगिता युवाहरूमाझ उत्साह र प्रेरणाको स्रोत बन्न सफल भएको छ।