सम्पादकीय टोली

  • संचालक: रवि चौधरी
  • प्रधान सम्पादक: सन्तोष चौधरी
  • सिस्टम अपरेटर: रामकेश गुप्ता
  • समाचार सहयोगी: साधना कुमारी थारु चौधरी
  • कार्यालय व्यवस्थापक: जनकनन्दनी चौधरी

सम्पर्क

  • मायादेवी गाउँपालिका ०३, गुण्डा चोक, रुपन्देही, नेपाल
  • फोन: +९७७ ९७०२६८३६१८
  • ईमेल: news@mewskhabar.com

कानुनी

  • प्रेस काउन्सिल दर्ता नं: ४९९७/८१-८२
  • सूचना विभाग दर्ता नं: ४७१६/८१८२
  • स्वाधिकार © २०८२ मेउज खबर | All rights reserved.
  • Developed by Mews Media Pvt. Ltd.

मेउज खबर — हाम्रो लुम्बिनी, हाम्रो खबर

Advertisement Space

Contact us for advertising

Entertainment

मिथुन चक्रवर्तीको घर ‘अवैध’ घोषणाः बीएमसीले तोक्यो सात दिनको अल्टिमेटम

२०२५ मे १८mewsmedia2024अनुमानित पढ्ने समय: 1 मिनेट

Advertisement Space

Contact us for advertising

मिथुन चक्रवर्तीको घर ‘अवैध’ घोषणाः बीएमसीले तोक्यो सात दिनको अल्टिमेटम

मुम्बई — बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई मुम्बई महानगरपालिकाले ठूलो झट्का दिएको छ । बृहन्मुम्बई नगर निगम (बीएमसी) ले उनको मढ क्षेत्रको एरंगल गाउँमा रहेको घरलाई अवैध घोषणा गर्दै कारण देखाऊ सूचना जारी गरेको छ ।

बीएमसीका अनुसार मिथुनले आफ्नो घरमा भुइँतलामा अवैध निर्माण गरेका छन् । अब उनीसँग निर्माणको वैधता प्रमाणित गर्न सात दिनको समय छ । यदि उनी असफल भएमा संरचना भत्काउने प्रक्रिया अघि बढाइनेछ ।

बीएमसीले मढ क्षेत्रमा अवैध निर्माणविरुद्ध कडा अभियान थालेको छ । हालसम्म उक्त क्षेत्रमा १०१ वटा अवैध संरचना फेला परेका छन् । धेरैजसो संरचना नक्कली कागजातको आधारमा बनाइएको आशंका गरिएको छ । बीएमसीले मे महिनाको अन्त्यसम्म ती सबै अवैध संरचना हटाउने तयारी गरिरहेको छ ।

यसैबीच मिथुन चक्रवर्तीले आफ्नो तर्फबाट प्रतिक्रिया दिएका छन् । उनले सबै आरोप अस्वीकार गर्दै आफूले कुनै पनि अवैध संरचना निर्माण नगरेको दाबी गरेका छन् । उनका अनुसार सबै निर्माण कार्य कानुनी प्रक्रिया अनुरूप नै गरिएको हो ।

अब बीएमसीले माग गरेको प्रमाण मिथुनले समयमै प्रस्तुत गर्छन् कि गर्दैनन् भन्ने कुराले यो प्रकरणको निष्कर्ष निर्धारण गर्नेछ ।

Share:

Advertisement Space

Contact us for advertising

Advertisement Space

Contact us for advertising

थप समाचार

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो
News

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो

२०२५ मे २३
लागू औषध सहित बुटवलबाट चार जना पक्राउ
News

लागू औषध सहित बुटवलबाट चार जना पक्राउ

२०२५ मे २३
सुनको भाउ तोलामा ११ सयले घट्यो
Business

सुनको भाउ तोलामा ११ सयले घट्यो

२०२५ मे २३

Advertisement Space

Contact us for advertising