काठमाडौं — शनिबार साँझ काठमाडौंको बौद्धस्थित हायात ग्राउण्डमा ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। भारतीय नृत्यकार, अभिनेत्री तथा मोडल नोरा फतेहीको आकर्षक प्रस्तुति मात्र होइन, नेपाली कलाकारहरूको जम्काभेटले दर्शकहरूलाई झुम्न बाध्य बनायो।

कार्यक्रमको मुख्य आकर्षण नोरा फतेही भए पनि मञ्चमा उत्रिएका नेपाली कलाकारहरूले पनि कुनै कमालको माहोल बनाएनन्। ‘भ्वाइस अफ नेपाल’ को पछिल्लो सिजनका उत्कृष्ट ५ फाइनलिस्टहरू, चर्चित गायक दुर्गेश थापा, नृत्य प्रतिभा सुशान्त खत्री, अन्तर्राष्ट्रिय डान्सर तेरिया फौजा मगर र समर्पण लामालगायतको उपस्थितिले दर्शकको मन जित्यो।

यो कार्यक्रम ‘ह्युमन रेस्पेक्ट नेपाल’ नामक सामाजिक संस्थाको सहयोगार्थ आयोजना गरिएको थियो, जसले शिक्षाबाट बञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ। सामाजिक सद्भाव र मनोरञ्जनको समिश्रण रहेको यो कन्सर्ट हेर्न हजारौं दर्शकहरू उपस्थित भएका थिए।