Advertisement Space

Contact us for advertising

News

साथीले भेटाइदिएका महिलाबाट ‘हनी ट्र्याप’मा परे सरकारी कर्मचारी, मागियो घरजग्गा

२०२५ मे २३mewsmedia2024अनुमानित पढ्ने समय: 2 मिनेट

Advertisement Space

Contact us for advertising

साथीले भेटाइदिएका महिलाबाट ‘हनी ट्र्याप’मा परे सरकारी कर्मचारी, मागियो घरजग्गा

काठमाडौं – एक जना सरकारी कर्मचारी ‘हनी ट्र्याप’मा परेका छन्। सामाजिक सञ्जालमार्फत सुरु भएको सम्बन्धले उनलाई ब्ल्याकमेलमा पार्दै लाखौँ रुपैयाँ र घरजग्गासम्म मागिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सो घटनामा संलग्न दुई युवतीलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा कैलालीकी ३४ वर्षीया ममता तामाङ र भक्तपुरकी ३४ वर्षीया आँचल श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार ती सरकारी कर्मचारी एक्लै बस्ने गर्दछन्। एक महिनाअघि सामाजिक सञ्जालमा आँचल श्रेष्ठले उनलाई फ्रेन्ड रिक्वेस्ट पठाएकी थिइन्। फ्रेन्ड रिक्वेस्ट स्वीकृत गरेपछि उनीहरूबीच कुराकानी सुरु भयो। कुराकानी हुँदै जाँदा भेट्ने निर्णय भयो।

सुरुमा काठमाडौंको सामाखुसीस्थित एक क्याफेमा उनीहरू भेटे। त्यहीँबाट घनिष्टता बढ्दै गयो। केही दिनपछि आँचलले पुनः भेट्न बोलाइन्। यसपटक उनीहरू होटलमा भेटिए जहाँ मदिरा पिइएको थियो। प्रहरीका अनुसार ती कर्मचारी होस नभएसम्म मदिरा सेवन गराइयो।

भोलिपल्ट बिहान ती कर्मचारी एक्लै होटलको कोठामा थिए भने आँचल हराइसकेकी थिइन्। केही दिनपछि ती कर्मचारीलाई ममता तामाङले मेसेन्जरमार्फत तस्बिर र भिडिओ पठाइन्। ती तस्बिर र भिडिओमा ती कर्मचारी नग्न अवस्थामा आँचलसँग देखिन्छन्।

पीडितले सो भिडियो देखेपछि त्यही साथीसँग सल्लाह गरे जसले उनलाई आँचलसँग चिनाइदिएका थिए। तर ती साथीले उल्टै धम्की दिँदै घरजग्गा नदिए बलात्कारको मुद्दा हाल्ने चेतावनी दिएका थिए।

प्रहरीको अनुसन्धान अनुसार पीडितले पाँच लाख रुपैयाँ दिने सहमति जनाएका थिए। सोहि क्रममा बुधबार चेक दिँदै गर्दा प्रहरीले ममता र आँचललाई पक्राउ गरेको हो।

हाल प्रहरीले घटनामा संलग्न अन्य दुई जनाको पनि खोजी गरिरहेको छ। अनुसन्धानका क्रममा उनीहरूले यसअघि पनि यस्तै प्रकारले अरूलाई फसाएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरी टोलीले उनीहरूको बैंक स्टेटमेन्टसमेत अध्ययन गरिरहेको छ।

Share:

Advertisement Space

Contact us for advertising