Advertisement Space

Contact us for advertising

Blog

पाँच दशकदेखि अन्तरिक्षमा अल्झिएको ५०० किलोको रूसी यान अब पृथ्वीमा खस्ने तयारीमा

२०२५ मे ५mewsmedia2024अनुमानित पढ्ने समय: 2 मिनेट

Advertisement Space

Contact us for advertising

पाँच दशकदेखि अन्तरिक्षमा अल्झिएको ५०० किलोको रूसी यान अब पृथ्वीमा खस्ने तयारीमा

— ५३ वर्षअघि शुक्र ग्रहमा पठाइएको एउटा रूसी अन्तरिक्ष यान अब पृथ्वीकै लागि खतरा बन्न थालेको छ। तत्कालीन सोभियत संघले १९७२ मा प्रक्षेपण गरेको ‘कोसमस ४८२’ नामक अन्तरिक्ष यान अब पृथ्वीको कक्षाबाट चिप्लिंदै धर्तीमा खस्ने तयारीमा छ। यो यान कुनै साधारण टुक्रा होइन — यो हो करिब ५०० किलो तौलको, धातुले बनेको, बमसरह खतरनाक ‘अन्तरिक्षी बल’।

यो यान १ मिटरको गोलाकार अवतरण क्याप्सुल हो, जुन मूलतः शुक्र ग्रहको विषालु वातावरणमा अवतरण गर्न डिजाइन गरिएको थियो। यसको ताप प्रतिरोधी ढाल यति बलियो छ कि त्यसले अत्यधिक ताप, कार्बन डाइअक्साइडले भरिएको वायुमण्डल पनि सहजै सहन सक्थ्यो। तर प्रक्षेपणमा आएको खराबीका कारण यो यान पृथ्वीको कक्षमै अड्कियो र तबदेखि अहिलेसम्म लगातार पृथ्वीको परिक्रमा गरिरहेको छ।

तर अब, यो यान अन्ततः पृथ्वीमा खस्ने नजिक छ। डच वैज्ञानिक मार्को ल्याङब्रोकका अनुसार मे १० तिर यो यान पृथ्वीमा खस्न सक्नेछ। यसको खस्ने गति प्रति घण्टा २४२ किलोमिटर अनुमान गरिएको छ। उनी भन्छन्, “यद्यपि यो ठुलो जोखिम होइन, तर पूर्ण सुरक्षित पनि छैन। यदि वायुमण्डलमा प्रवेश गर्दा यसको ताप ढाल जलेन भने, यो आकाशबाट खसिरहेको ५०० किलोको बमजस्तै हुन सक्छ।”

अहिलेसम्म यसको खस्ने स्थान अनुमान गर्न सकिएको छैन। तर वैज्ञानिकहरूका अनुसार यो लन्डनदेखि क्यानडाको एडमन्टनसम्मको अक्षांशमा, ५१.७ डिग्री उत्तरदेखि दक्षिणसम्म, कहीं पनि खस्न सक्छ। जसको अर्थ, यो अमेरिका, युरोप, एशिया वा समुद्र — जुनसुकै ठाउँमा झर्न सक्छ।

विशेषज्ञहरू भन्छन्, यसको खसाइको सम्भावना सानो छ तर नकार्न सकिँदैन। यदि यसको पुरानो प्यारासुट प्रणालीले काम गरेन भने, यो यान अनियन्त्रित धातुको गोलो रूपमा पृथ्वीमा ठोक्किन सक्छ। यस्ता यानको इतिहास पनि खतरामुक्त छैन — २०१८ मा चीनको तियांगोङ–१ र २०२२ मा एक बुस्टर रकेट पृथ्वीमा अनियन्त्रितरूपमा खसेका थिए।

Share:

Advertisement Space

Contact us for advertising