Advertisement Space

Contact us for advertising

Entertainment

‘थप्पड हान्छु’ भन्दै छाडिएको ‘बोर्डर’ मा फेरि कसरी जोडिए सुनील शेट्टी?

२०२५ मे २०mewsmedia2024अनुमानित पढ्ने समय: 2 मिनेट

Advertisement Space

Contact us for advertising

‘थप्पड हान्छु’ भन्दै छाडिएको ‘बोर्डर’ मा फेरि कसरी जोडिए सुनील शेट्टी?

बलिउड अभिनेता सुनील शेट्टीको तीन दशकभन्दा लामो फिल्मी यात्रामा ‘बोर्डर’ फिल्म एक महत्वपूर्ण मोड सावित भएको छ। सन् १९९७ मा रिलिज भएको यो युद्धप्रधान फिल्मले उनलाई दर्शकको मनमा गहिरो स्थान दिलायो। तर सुरुमा उनले यो फिल्म अस्वीकार गरेका थिए भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ।

सुनीलले हालै एक अन्तर्वार्तामा भनेका छन् कि उनले सुरुवातमा बोर्डर खेल्न चाहेका थिएनन्। कारण थियो निर्देशक जेपी दत्ताको रिसालु स्वभाव। उनले भने, “जेपी दत्ता रिसालु छन् भन्ने सुनेको थिएँ। म पनि रिसालु नै हुँ। उनी रिसाए भने म थप्पड हान्न सक्छु भन्ने डरले मैले फिल्म अस्वीकार गरेको थिएँ। म कसैसँग सम्बन्ध बिगार्न चाहन्नथें।”

तर जेपी दत्ता पनि आफ्नो अडानमा दृढ थिए। उनले सुनीललाई फिल्ममा ल्याउन आफ्नै शैली अपनाए। यहाँसम्म कि उनले सुनीलका सासुआमासँग पनि सम्पर्क गरेर सहयोग मागे। सासुआमाले सम्झाएपछि सुनीलले भूमिका स्विकार गरे।

त्यस बेला पनि उनले एउटा सर्त राखेका थिए, “यदि छायांकनको क्रममा मलाई गाली गरे भने म फिल्म छाड्नेछु।” तर छायांकनको क्रममा उनीहरुबीच यति राम्रो सम्बन्ध बनेको कि पछि उनीहरु मिल्ने साथी बने।

बोर्डर फिल्ममा सुनीलले निभाएको भैरव सिंहको भूमिका आज पनि दर्शकको स्मृतिमा छ। अहिले फिल्मको सिक्वेल बन्ने तयारी भइरहेको छ, र सुनील फेरि यसमा जोडिने चर्चा चलेको छ।

यो प्रसङ्गले देखाउँछ, कहिलेकाहीँ एउटा सानो संवाद वा एक फोनकल नै इतिहास बनाउने मोड हुन सक्छ।

Share:

Advertisement Space

Contact us for advertising