सम्पादकीय टोली

  • संचालक: रवि चौधरी
  • प्रधान सम्पादक: सन्तोष चौधरी
  • सिस्टम अपरेटर: रामकेश गुप्ता
  • समाचार सहयोगी: साधना कुमारी थारु चौधरी
  • कार्यालय व्यवस्थापक: जनकनन्दनी चौधरी

सम्पर्क

  • मायादेवी गाउँपालिका ०३, गुण्डा चोक, रुपन्देही, नेपाल
  • फोन: +९७७ ९७०२६८३६१८
  • ईमेल: news@mewskhabar.com

कानुनी

  • प्रेस काउन्सिल दर्ता नं: ४९९७/८१-८२
  • सूचना विभाग दर्ता नं: ४७१६/८१८२
  • स्वाधिकार © २०८२ मेउज खबर | All rights reserved.
  • Developed by Mews Media Pvt. Ltd.

मेउज खबर — हाम्रो लुम्बिनी, हाम्रो खबर

Advertisement Space

Contact us for advertising

Blog

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीले लिए सपथ

२०२५ मे १०mewsmedia2024अनुमानित पढ्ने समय: 1 मिनेट

Advertisement Space

Contact us for advertising

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीले लिए सपथ

काठमाडौँ, वैशाख २७ – प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष समारोहमा विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की, कुलपति प्रा. डा. रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा. डम्बरध्वज चेम्जोङले आ–आफ्नो पदको सपथ ग्रहण गरेका हुन्।

नयाँ कानुनी व्यवस्थाअनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई सपथ गराए। त्यसपछि अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई र कुलपति ढुंगेलले रजिष्ट्रार चेम्जोङलाई सपथ गराएका थिए।

समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्ले लगायत अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयले नेपालको आयुर्वेदिक शिक्षा, अनुसन्धान तथा उपचार प्रणालीलाई आधुनिक स्तरमा पुर्‍याउने लक्ष्य लिएको छ। नयाँ नेतृत्वसहित विश्वविद्यालयले क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Share:

Advertisement Space

Contact us for advertising

Advertisement Space

Contact us for advertising

थप समाचार

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो
News

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो

२०२५ मे २३
लागू औषध सहित बुटवलबाट चार जना पक्राउ
News

लागू औषध सहित बुटवलबाट चार जना पक्राउ

२०२५ मे २३
सुनको भाउ तोलामा ११ सयले घट्यो
Business

सुनको भाउ तोलामा ११ सयले घट्यो

२०२५ मे २३

Advertisement Space

Contact us for advertising