सम्पादकीय टोली

  • संचालक: रवि चौधरी
  • प्रधान सम्पादक: सन्तोष चौधरी
  • सिस्टम अपरेटर: रामकेश गुप्ता
  • समाचार सहयोगी: साधना कुमारी थारु चौधरी
  • कार्यालय व्यवस्थापक: जनकनन्दनी चौधरी

सम्पर्क

  • मायादेवी गाउँपालिका ०३, गुण्डा चोक, रुपन्देही, नेपाल
  • फोन: +९७७ ९७०२६८३६१८
  • ईमेल: news@mewskhabar.com

कानुनी

  • प्रेस काउन्सिल दर्ता नं: ४९९७/८१-८२
  • सूचना विभाग दर्ता नं: ४७१६/८१८२
  • स्वाधिकार © २०८२ मेउज खबर | All rights reserved.
  • Developed by Mews Media Pvt. Ltd.

मेउज खबर — हाम्रो लुम्बिनी, हाम्रो खबर

Advertisement Space

Contact us for advertising

Politics

भैरहवा विमानस्थल उपसमितिमा माओवादीको प्रतिनिधित्व नहुँदा आपत्ति

२०२५ मे २१mewsmedia2024अनुमानित पढ्ने समय: 1 मिनेट

Advertisement Space

Contact us for advertising

भैरहवा विमानस्थल उपसमितिमा माओवादीको प्रतिनिधित्व नहुँदा आपत्ति

काठमाडौं । सार्वजनिक लेखा समितिले गठन गरेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन उपसमितिमा नेकपा (माओवादी केन्द्र) को प्रतिनिधित्व नहुँदा आपत्ति जनाइएको छ।

बुधबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा माओवादी केन्द्रका सांसद राजन दाहालले उपसमितिमा आफ्नो दललाई समावेश नगरिएको विषय उठाएका हुन्। उनले समितिमा माओवादीको अनुपस्थितिलाई असन्तुलित प्रतिनिधित्वको संकेतको रूपमा व्याख्या गरे।

उक्त उपसमितिको संयोजक नेपाली कांग्रेसकी सांसद मन्जु खाण रहेको छ भने सदस्यहरूमा एमाले सांसद योगेश भट्टराई, अच्युतप्रसाद मैनाली, सराज अहमद फारुकी, रास्वपाका मनीष झा, स्वतन्त्र सांसद अमरेशकुमार सिंह, राप्रपाका विक्रम पाण्डे, र कांग्रेसका श्यामकुमार घिमिरे रहेका छन्।

बैठकमा चिनियाँ ठेकेदार कम्पनी सीसीएमसीको मंगलबार सार्वजनिक गरिएको विज्ञप्तिप्रति पनि गम्भीर आपत्ति जनाइयो। रास्वपाका सांसद मनीष झाले सो विज्ञप्तिको भाषा र समितिमाथिको चुनौतीप्रति आपत्ति जनाउँदै त्यसलाई छाप्ने सम्पादकलाई स्पष्टीकरण सोध्नुपर्ने धारणा राखे।

कांग्रेस सांसद अर्जुननरसिंह केसीले सो विज्ञप्तिलाई अस्वीकार्य भन्दै चिनियाँ कम्पनीले खेद प्रकट गर्नुपर्ने माग गरे। त्यस्तै, एकीकृत समाजवादी पार्टीका सांसद प्रेम आलेले संसदीय समितिको अध्ययनमाथि ठेकेदार कम्पनीले प्रत्यक्ष चुनौती दिएको भन्दै आपत्ति जनाए।

बैठकमा समितिका अन्य सदस्यहरूले पनि उपसमिति गठनको सन्तुलन, पारदर्शिता र सम्मानका विषयमा चिन्ता व्यक्त गरे।

Share:

Advertisement Space

Contact us for advertising

Advertisement Space

Contact us for advertising

थप समाचार

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो
News

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो

२०२५ मे २३
लागू औषध सहित बुटवलबाट चार जना पक्राउ
News

लागू औषध सहित बुटवलबाट चार जना पक्राउ

२०२५ मे २३
सुनको भाउ तोलामा ११ सयले घट्यो
Business

सुनको भाउ तोलामा ११ सयले घट्यो

२०२५ मे २३

Advertisement Space

Contact us for advertising