Advertisement Space

Contact us for advertising

Politics

अर्थमन्त्री पौडेलले गभर्नर सिफारिस समितिको बैठक आह्वान

२०२५ मे २०mewsmedia2024अनुमानित पढ्ने समय: 1 मिनेट

Advertisement Space

Contact us for advertising

अर्थमन्त्री पौडेलले गभर्नर सिफारिस समितिको बैठक आह्वान

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। यो बैठक आज अपराह्न ४ बजेपछि बस्ने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

गभर्नर सिफारिस समितिको यो बैठक अर्थमन्त्री पौडेलले पहिलो पटक आह्वान गरेका हुन्। समितिको संयोजक अर्थमन्त्री आफैं छन् भने सदस्यहरूमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषनाथ पाण्डे रहेका छन्।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको थियो। सो भेटवार्तापछि पौडेलले बैठक आह्वान गरेका हुन्।

हाल चैत २४ गतेदेखि राष्ट्र बैंकको गभर्नर पद रिक्त छ। कायममुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर नीलम ढुंगानालाई दिइएको छ।

कांग्रेस सभापति देउवाले गभर्नर पदका लागि प्रा.डा. विश्व पौडेलको नाम अघि सारेका छन्। सिफारिस समितिले गभर्नर पदका लागि तीनजनाको नाम सिफारिस गर्ने व्यवस्था छ। ती नामहरू मन्त्रिपरिषद्मा पठाइनेछ, जहाँ अन्तिम निर्णय हुनेछ।

Share:

Advertisement Space

Contact us for advertising