Advertisement Space

Contact us for advertising

Sports

विश्वकपको ढोका खुल्ला गर्न नेपाललाई सुपर–३ मा कम्तीमा एक जित अनिवार्य

२०२५ मे १६mewsmedia2024अनुमानित पढ्ने समय: 2 मिनेट

Advertisement Space

Contact us for advertising

विश्वकपको ढोका खुल्ला गर्न नेपाललाई सुपर–३ मा कम्तीमा एक जित अनिवार्य

आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले सुपर–३ चरणमा स्थान पक्का गरेको छ। समूह ‘सी’ को विजेता बनेको नेपालले अब समूह ‘ए’ की विजेता आयोजक थाइल्यान्ड र समूह ‘बी’ की विजेता युएईसँग प्रतिस्पर्धा गर्नेछ।

सुपर–३ मा पुगेका नेपाल, थाइल्यान्ड र युएईमध्ये दुई टोलीले विश्व छनोटको यात्रा तय गर्ने छन्। सुपर–३ मा तीन टोलीले एकअर्कासँग एकपटक खेल्ने छन् भने समूह चरणको अंक पनि जोडिनेछ।

समूह चरणमा नेपालले चार खेलमा पाँच अंक जोड्यो। दुई खेल जित्दा, एक हार व्यहोर्दा, एक खेल बराबरीमा सकिएको थियो। हङकङले पनि पाँच अंक नै बटुले पनि तीन खेल वर्षाले प्रभावित भएर बराबरीमा टुंगिएको हुँदा उसले मात्र एक जित निकाल्यो। प्रतियोगिताको नियम अनुसार अंक बराबरीमा बढी जित भएकै आधारमा नेपाल अघि बढ्न सफल भयो।

अब नेपालले सोमबार युएई र मंगलबार आयोजक थाइल्यान्डसँग बैंककमा खेल्ने तालिका रहेको छ। शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने हुँदा नेपालका लागि यी दुई खेल अत्यन्तै महत्वपूर्ण छन्।

समूह चरणमा नेपालले बहराइनमाथि डिएसएल मेथडमा ६ विकेटको जित निकालेको थियो। उक्त खेलमा कप्तान इन्दु बर्माले अन्तिममा ७ बलमा अविजित २४ रन जोड्दै नेपालको जित सुनिश्चित गरेकी थिइन्। उनले ४ चौका र १ छक्का प्रहार गरेकी थिइन्।

हङकङविरुद्धको पहिलो खेल वर्षाले प्रभावित हुँदा रद्द भएको थियो भने दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको थियो। बहराइनविरुद्धको पहिलो खेलमा नेपालले ९ विकेटले जित निकालेको थियो।

एसिया क्षेत्रबाट दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन्। त्यहाँ १० टोली प्रतिस्पर्धा गर्ने छन्, जसबाट चार टोलीले २०२६ मा इंग्ल्यान्डमा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

नेपालले अबको दुई खेलमध्ये कम्तिमा एक जित दर्ता गर्न सकेमा ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो हुनेछ। यद्यपि वर्षाले खेल अवरुद्ध गरेमा नेपालको लागि स्थिती जटिल बन्न सक्ने आँकलन गरिएको छ।

Share:

Advertisement Space

Contact us for advertising