सम्पादकीय टोली

  • संचालक: रवि चौधरी
  • प्रधान सम्पादक: सन्तोष चौधरी
  • सिस्टम अपरेटर: रामकेश गुप्ता
  • समाचार सहयोगी: साधना कुमारी थारु चौधरी
  • कार्यालय व्यवस्थापक: जनकनन्दनी चौधरी

सम्पर्क

  • मायादेवी गाउँपालिका ०३, गुण्डा चोक, रुपन्देही, नेपाल
  • फोन: +९७७ ९७०२६८३६१८
  • ईमेल: news@mewskhabar.com

कानुनी

  • प्रेस काउन्सिल दर्ता नं: ४९९७/८१-८२
  • सूचना विभाग दर्ता नं: ४७१६/८१८२
  • स्वाधिकार © २०८२ मेउज खबर | All rights reserved.
  • Developed by Mews Media Pvt. Ltd.

मेउज खबर — हाम्रो लुम्बिनी, हाम्रो खबर

Advertisement Space

Contact us for advertising

Local

अब सीटीईभीटीमा इन्ट्रान्स परीक्षा बिना भर्ना, जीपीएकै आधारमा विद्यार्थी छनौट हुने

२०२५ मे १३mewsmedia2024अनुमानित पढ्ने समय: 2 मिनेट

Advertisement Space

Contact us for advertising

अब सीटीईभीटीमा इन्ट्रान्स परीक्षा बिना भर्ना, जीपीएकै आधारमा विद्यार्थी छनौट हुने

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका कुनै पनि कार्यक्रम अध्ययन गर्न अबदेखि विद्यार्थीले प्रवेश परीक्षा (इन्ट्रान्स) दिनुपर्ने छैन । परिषद्ले ‘प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनौट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२’ जारी गरेपछि अब एसईई वा एसएलसीमा प्राप्त अङ्ककै आधारमा विद्यार्थी छनौट हुने भएको हो ।

निर्देशिका अनुसार एसईईमा प्राप्त अङ्कलाई जीपीए ४ पूर्णाङ्क मानिनेछ । यसमा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई अतिरिक्त १ अङ्क र संस्थागत (निजी) विद्यालयमा अध्ययन गरेकालाई ०.८५ अङ्कका दरले योग्यता क्रम तय गरिनेछ ।

वैशाख २६ गते बसेको सीटीईभीटीको २०७ औं बैठकले परीक्षा नियन्त्रण कार्यालयलाई सो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो । कार्यालयले निर्देशिका अनुसार यही शैक्षिक सत्रदेखि लागु हुने गरी इन्ट्रान्स परीक्षा हटाउने निर्णय लिएको हो ।

अघिल्लो वर्षसम्म सीटीईभीटी अन्तर्गतको अध्ययनका लागि पूर्व तयारी कक्षा चलाइने गरिएको थियो, जसमा विद्यार्थीबाट मोटो रकम असुल्ने गरिएको थियो । सो व्यवस्था हटाइएपछि विद्यार्थीहरू सीधा जीपीएको आधारमा भर्ना हुन सक्नेछन् ।

देशभर रहेका ६३ वटा आङ्गिक र ४०० भन्दा बढी प्रतिष्ठान एवं निजी कलेजहरूमा हरेक वर्ष २५ हजारभन्दा बढी नयाँ विद्यार्थी भर्ना हुने गरेका छन् । अब ती विद्यार्थीले अनलाइनमार्फत आफूले रोजेको शिक्षालय तथा विषयमा भर्ना फारम भरन सक्नेछन् । आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूले फारम भर्न सहजता मिलाउनेछन् ।

स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चका महासचिव निर्मला सापकोटाले यो परिवर्तनले विद्यार्थीहरूलाई निकै सहज हुने बताएकी छन् । उनका अनुसार अब इन्ट्रान्स परीक्षा फारम भर्ने, परीक्षा दिने र परिणाम कुर्ने झन्झट हट्नेछ । यससँगै सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालय पनि शैक्षिक क्यालेन्डरअनुसारका परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा केन्द्रित हुन पाउनेछ ।

Share:

Advertisement Space

Contact us for advertising

Advertisement Space

Contact us for advertising

थप समाचार

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो
News

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो

२०२५ मे २३
लागू औषध सहित बुटवलबाट चार जना पक्राउ
News

लागू औषध सहित बुटवलबाट चार जना पक्राउ

२०२५ मे २३
सुनको भाउ तोलामा ११ सयले घट्यो
Business

सुनको भाउ तोलामा ११ सयले घट्यो

२०२५ मे २३

Advertisement Space

Contact us for advertising