Local

लुम्बिनीलाई खतरा सूचीमा नराख्ने उपायबारे छलफल

लुम्बिनीलाई खतरा सूचीमा नराख्ने उपायबारे छलफल

काठमाडौं, ८ जेठ — विश्व सम्पदा सूचीमा सूचीकृत गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई युनेस्कोको खतरा सूचीमा नराख्ने विषयमा छलफल गरिएको छ। यसै सन्दर्भमा बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र युनेस्को नेपाल प्रमुख याको डु टुइटबीच भेटवार्ता भएको हो। भेटमा मन्त्री पाण्डेले लुम्बिनीमा युनेस्कोको मापदण्ड अनुसार सुधारात्मक कार्यहरू भइरहेको जानकारी दिँदै, खतराको सूचीमा नपार्ने रणनीति […]

२०२५ मे २२
भैरहवा को विडम्बना 💧🚱

भैरहवा को विडम्बना 💧🚱

पानी_को_धारा_छ_तर_पानी_छैनस्थान: देवकोटा चोक, आकासे पुल मुनि त्यहाँ राखिएको चिसो पानीको धारा,तर पानी न त आउँछ, न त आवश्यक छ। 👉 धारा राख्नुपर्ने ठाउँमा छैन,👉 जहाँ राखिएको छ, त्यहाँ काम नै छैन। अब सोध्न मन लाग्छ – यो धारा कसको लागि हो? सजावटका लागि कि समाधानका लागि?जरुरी छ भने पानी ल्याउनुस, छैन भने धारा हटाएर जरुरी […]

२०२५ मे २२
🙏 हार्दिक श्रद्धाञ्जली 🙏

🙏 हार्दिक श्रद्धाञ्जली 🙏

रूपन्देही जिल्ला, लुम्बिनी सांस्कृतिक नगरपालिका–९, लकडीगढ गाउँका २३ वर्षीय निरज विश्वकर्माको आज राति करिब ११ बजे मोटरसाइकल दुर्घटनामा परेर दुःखद निधन भएको खबरले हामी सबै स्तब्ध र मर्माहत भएका छौं। उहाँ हाल खुदाबागर आदर्श कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुनुहुन्थ्यो।जस्तोसुकै उज्यालो भविष्य बोकेका भाईलाई यति छिट्टै गुमाउनु पर्‍यो भन्ने कुरा कल्पना गर्न पनि गाह्रो […]

२०२५ मे २२
अब सीटीईभीटीमा इन्ट्रान्स परीक्षा बिना भर्ना, जीपीएकै आधारमा विद्यार्थी छनौट हुने

अब सीटीईभीटीमा इन्ट्रान्स परीक्षा बिना भर्ना, जीपीएकै आधारमा विद्यार्थी छनौट हुने

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका कुनै पनि कार्यक्रम अध्ययन गर्न अबदेखि विद्यार्थीले प्रवेश परीक्षा (इन्ट्रान्स) दिनुपर्ने छैन । परिषद्ले ‘प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनौट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२’ जारी गरेपछि अब एसईई वा एसएलसीमा प्राप्त अङ्ककै आधारमा विद्यार्थी छनौट हुने भएको हो । निर्देशिका […]

२०२५ मे १३
कांग्रेस सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दर्ता

कांग्रेस सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौँ — नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मङ्गलबार मुद्दा दायर गरेको सहमहान्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए। राईलाई वैशाख १३ गते राति काठमाडौंको कपनस्थित निवासबाट पक्राउ गरिएको थियो। उनी स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित मुद्दामा फरार रहँदै […]

२०२५ मे १३
धुलिखेलमा टिपर सिधै घरभित्र पस्दा ठूलो क्षति

धुलिखेलमा टिपर सिधै घरभित्र पस्दा ठूलो क्षति

काभ्रेपलाञ्चोक — मंगलबार बिहान धुलिखेल नगरपालिका–५ खड्पुचोकमा एक अचम्मको दुर्घटना भएको छ। बनेपा–पनौती सडकखण्डमा रहेको प्रदीप श्रेष्ठको घरभित्र सवारी साधन सिधै पसेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मीनबहादुर घलेका अनुसार बिहान ६ बजे बनेपाबाट पनौतीतर्फ गइरहेको बा ५ ख २४१७ नम्बरको टिपर अनियन्त्रित भई सिधै श्रेष्ठको घरको सटर फोड्दै भित्र छिरेको हो। सौभाग्यवश, मानवीय […]

२०२५ मे १३
भैरहवामा दुई करोड लागतमा ‘द आर्ट अफ लिभिङ’को आश्रम

भैरहवामा दुई करोड लागतमा ‘द आर्ट अफ लिभिङ’को आश्रम

रुपन्देहीको भैरहवामा ‘द आर्ट अफ लिभिङ’ आश्रम निर्माण गरिएको छ । सिद्धार्थनगर नगरपालिका–४ मा करिब दुई करोड रुपैयाँको लागतमा एक तल्ले भवन निर्माण गरिएको हो । आश्रममा १० वटा कोठा र एउटा हल रहेको छ । भवन दुई तल्ले बनाउने लक्ष्य भए पनि हाललाई आर्थिक अभावका कारण एक तल्ले मात्र बनाइएको भैरहवा शाखाका संयोजक दीपेन्द्र […]

२०२५ मे १३
लुम्बिनीमा सांस्कृतिक तथा खाना महोत्सव सुरु, बौद्ध सन्देशसँगै रैथाने स्वादको उत्सव

लुम्बिनीमा सांस्कृतिक तथा खाना महोत्सव सुरु, बौद्ध सन्देशसँगै रैथाने स्वादको उत्सव

लुम्बिनी, वैशाख २९ — बुद्ध जयन्तीको अवसरमा आयोजना गरिएको लुम्बिनी सांस्कृतिक तथा खाना महोत्सव २०८२ सोमवारदेखि सुरु भएको छ। होटल व्यवसायी संघ लुम्बिनीसहित विभिन्न संघ-संस्थाहरूको संयुक्त पहलमा आयोजित महोत्सवले ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षलाई उजागर गर्दै बौद्धकालीन नाट्य प्रस्तुतिहरू र रैथाने खानाको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण […]

२०२५ मे १२
मोघलाहा चोकमा दुई FZ बाइक गल्तिले साटियो, सहयोगको अपिल

मोघलाहा चोकमा दुई FZ बाइक गल्तिले साटियो, सहयोगको अपिल

लुम्बिनी सांस्कृतिक नगरपालिका – शनिबार, मोघलाहा चोकमा एक रोचक तर गम्भीर घटना सार्वजनिक भएको छ। दुई उस्तै रंग र मोडेलका Yamaha FZ मोटरसाइकल गल्तीले साटिएको खबर आएको छ। वडा नं. ६ निवासी अलीम मुस्लिम शनिबार दिउँसो ३:०० देखि ४:०० बजेको बीचमा मोघलाहा बजार गएको समय आफ्नो बाइक LU 85 PA 9562 पार्क गरी किनमेलमा व्यस्त […]

२०२५ मे १२
अन्तिम तीन वर्षमा ३६ लाखभन्दा बढी पर्यटकले बुढ्द जन्मस्थल लुम्बिनीको भ्रमण गरे

अन्तिम तीन वर्षमा ३६ लाखभन्दा बढी पर्यटकले बुढ्द जन्मस्थल लुम्बिनीको भ्रमण गरे

म्युज खबर | लुम्बिनी — भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी पछिल्ला तीन वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बनेको छ। तथ्यांकअनुसार, पछिल्ला तीन वर्षमा लुम्बिनीमा कुल ३६ लाख ७५ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन्, जसले लुम्बिनी क्षेत्रको धार्मिक, ऐतिहासिक र पर्यटन महत्व झनै उजागर गरिदिएको छ। लुम्बिनी विकास कोषका अनुसार, तीमध्ये ठूलो हिस्सा […]

२०२५ मे १२
लुम्बिनी प्रदेशमा प्राविधिक र व्यावसायिक शिक्षा तालिमको पहिलो आधिकारिक प्रोफाइल सार्वजनिक, नीति निर्माणदेखि लगानीसम्मको खाका तयार

लुम्बिनी प्रदेशमा प्राविधिक र व्यावसायिक शिक्षा तालिमको पहिलो आधिकारिक प्रोफाइल सार्वजनिक, नीति निर्माणदेखि लगानीसम्मको खाका तयार

लुम्बिनी प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (TVET) क्षेत्रको यथार्थचित्र प्रस्तुत गर्ने ‘टीभीइटी प्रोफाइल’ सार्वजनिक गरिएको छ। सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. ड्यानिएल माउलीको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा यो बहुप्रतीक्षित दस्तावेज विमोचन गरियो। सार्वजनिक गरिएको प्रोफाइलले लुम्बिनी प्रदेशमा उपलब्ध प्राविधिक तथा व्यावसायिक तालिमका संरचना, कार्यक्रम, क्षमता, आवश्यकताहरू र […]

२०२५ मे ९
मानव बेचबिखन प्रयासमा एक युवक पक्राउ, दुई युवतीलाई भारत लैजाँदै गरेको आरोप

मानव बेचबिखन प्रयासमा एक युवक पक्राउ, दुई युवतीलाई भारत लैजाँदै गरेको आरोप

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा धादिङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ जिल्लाको गल्छी गाउँपालिका–२ निवासी २४ वर्षीय रोजन भुजेल रहेका छन् । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार भुजेललाई बुधबार पक्राउ गरिएको हो । उनले दुई जना युवतीलाई राम्रो […]

२०२५ मे ८