Advertisement Space

Contact us for advertising

Local

कांग्रेस सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दर्ता

२०२५ मे १३mewsmedia2024अनुमानित पढ्ने समय: 1 मिनेट

Advertisement Space

Contact us for advertising

कांग्रेस सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौँ — नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मङ्गलबार मुद्दा दायर गरेको सहमहान्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए।

राईलाई वैशाख १३ गते राति काठमाडौंको कपनस्थित निवासबाट पक्राउ गरिएको थियो। उनी स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित मुद्दामा फरार रहँदै आएकी थिइन्। लामो समयदेखि उनी सत्ताको आडमा पक्राउ नगरेको भन्दै आलोचना हुँदै आएको थियो।

भोजपुर स्थायी घर भएकी राई नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसदका रूपमा निर्वाचित भएकी हुन्।

यो मुद्दा सहकारी घोटालासँग जोडिएको बताइएको छ। अहिले यो विषय राजनीतिक र कानुनी दुवै तहमा चासोको विषय बनेको छ।

Share:

Advertisement Space

Contact us for advertising