Advertisement Space

Contact us for advertising

Local

अन्तिम तीन वर्षमा ३६ लाखभन्दा बढी पर्यटकले बुढ्द जन्मस्थल लुम्बिनीको भ्रमण गरे

२०२५ मे १२mewsmedia2024अनुमानित पढ्ने समय: 1 मिनेट

Advertisement Space

Contact us for advertising

अन्तिम तीन वर्षमा ३६ लाखभन्दा बढी पर्यटकले बुढ्द जन्मस्थल लुम्बिनीको भ्रमण गरे

म्युज खबर | लुम्बिनी — भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी पछिल्ला तीन वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बनेको छ। तथ्यांकअनुसार, पछिल्ला तीन वर्षमा लुम्बिनीमा कुल ३६ लाख ७५ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन्, जसले लुम्बिनी क्षेत्रको धार्मिक, ऐतिहासिक र पर्यटन महत्व झनै उजागर गरिदिएको छ।

लुम्बिनी विकास कोषका अनुसार, तीमध्ये ठूलो हिस्सा नेपाली आन्तरिक पर्यटकको रहेको छ भने भारत, श्रीलंका, थाइल्याण्ड, म्यानमार, भियतनाम, जापान, चीन र अन्य बौद्धधर्मावलम्बी राष्ट्रबाट आउने पर्यटकको संख्या पनि उल्लेखनीय छ।

कोरोनापछि पुन: बृद्धिको संकेत

कोरोना महामारीपछि केही समय लुम्बिनी क्षेत्र सुनसान बने पनि हाल पर्यटन पुनः गतिको चरणमा प्रवेश गरिरहेको कोषले जनाएको छ।

“लुम्बिनीमा आउने पर्यटकको बृद्धिले स्थानीय पर्यटन व्यवसाय, होटल, यातायात र हस्तकलामा प्रत्यक्ष फाइदा पुगेको छ,” लुम्बिनी पर्यटन कार्यालयका एक अधिकारीले म्युज खबरसँग बताए।

विश्व सम्पदा क्षेत्रको रूपमै लुम्बिनीको आकर्षण

सन् १९९७ मा युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा राखेपछि यसको अन्तर्राष्ट्रिय महत्व झनै बढेको हो। विशेष गरी बुद्ध जयन्ती, बौद्ध परम्पराका चाडपर्व र अन्तर्राष्ट्रिय ध्यान शिविरको आयोजना हुने समयमा लुम्बिनीमा विदेशी पर्यटकको चाप अत्यधिक हुने गर्छ।

Share:

Advertisement Space

Contact us for advertising