सम्पादकीय टोली

  • संचालक: रवि चौधरी
  • प्रधान सम्पादक: सन्तोष चौधरी
  • सिस्टम अपरेटर: रामकेश गुप्ता
  • समाचार सहयोगी: साधना कुमारी थारु चौधरी
  • कार्यालय व्यवस्थापक: जनकनन्दनी चौधरी

सम्पर्क

  • मायादेवी गाउँपालिका ०३, गुण्डा चोक, रुपन्देही, नेपाल
  • फोन: +९७७ ९७०२६८३६१८
  • ईमेल: news@mewskhabar.com

कानुनी

  • प्रेस काउन्सिल दर्ता नं: ४९९७/८१-८२
  • सूचना विभाग दर्ता नं: ४७१६/८१८२
  • स्वाधिकार © २०८२ मेउज खबर | All rights reserved.
  • Developed by Mews Media Pvt. Ltd.

मेउज खबर — हाम्रो लुम्बिनी, हाम्रो खबर

Advertisement Space

Contact us for advertising

Local

लुम्बिनीलाई खतरा सूचीमा नराख्ने उपायबारे छलफल

२०२५ मे २२mewsmedia2024अनुमानित पढ्ने समय: 1 मिनेट

Advertisement Space

Contact us for advertising

लुम्बिनीलाई खतरा सूचीमा नराख्ने उपायबारे छलफल

काठमाडौं, ८ जेठ — विश्व सम्पदा सूचीमा सूचीकृत गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई युनेस्कोको खतरा सूचीमा नराख्ने विषयमा छलफल गरिएको छ।

यसै सन्दर्भमा बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र युनेस्को नेपाल प्रमुख याको डु टुइटबीच भेटवार्ता भएको हो। भेटमा मन्त्री पाण्डेले लुम्बिनीमा युनेस्कोको मापदण्ड अनुसार सुधारात्मक कार्यहरू भइरहेको जानकारी दिँदै, खतराको सूचीमा नपार्ने रणनीति निर्माणका लागि प्राविधिक र संस्थागत सहयोगको आवश्यकता रहेको बताए।

त्यस अवसरमा मन्त्री पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउने तथा अन्य सम्पदालाई प्रारम्भिक सूचीमा राख्ने विषयमा पनि सहयोगको आग्रह गरे।

युनेस्को नेपाल प्रमुख डु टुइटले पूर्ण सहयोगको प्रतिबद्धता जनाउँदै, हालै सम्पन्न अन्तर्राष्ट्रिय वैज्ञानिक समितिको बैठकमा लुम्बिनी र काठमाडौंका विषयमा सकारात्मक छलफल भएकोमा सन्तोष व्यक्त गरे।

Share:

Advertisement Space

Contact us for advertising

Advertisement Space

Contact us for advertising

थप समाचार

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो
News

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो

२०२५ मे २३
लागू औषध सहित बुटवलबाट चार जना पक्राउ
News

लागू औषध सहित बुटवलबाट चार जना पक्राउ

२०२५ मे २३
सुनको भाउ तोलामा ११ सयले घट्यो
Business

सुनको भाउ तोलामा ११ सयले घट्यो

२०२५ मे २३

Advertisement Space

Contact us for advertising