सम्पादकीय टोली

  • संचालक: रवि चौधरी
  • प्रधान सम्पादक: सन्तोष चौधरी
  • सिस्टम अपरेटर: रामकेश गुप्ता
  • समाचार सहयोगी: साधना कुमारी थारु चौधरी
  • कार्यालय व्यवस्थापक: जनकनन्दनी चौधरी

सम्पर्क

  • मायादेवी गाउँपालिका ०३, गुण्डा चोक, रुपन्देही, नेपाल
  • फोन: +९७७ ९७०२६८३६१८
  • ईमेल: news@mewskhabar.com

कानुनी

  • प्रेस काउन्सिल दर्ता नं: ४९९७/८१-८२
  • सूचना विभाग दर्ता नं: ४७१६/८१८२
  • स्वाधिकार © २०८२ मेउज खबर | All rights reserved.
  • Developed by Mews Media Pvt. Ltd.

मेउज खबर — हाम्रो लुम्बिनी, हाम्रो खबर

Advertisement Space

Contact us for advertising

Local

लुम्बिनी प्रदेशमा प्राविधिक र व्यावसायिक शिक्षा तालिमको पहिलो आधिकारिक प्रोफाइल सार्वजनिक, नीति निर्माणदेखि लगानीसम्मको खाका तयार

२०२५ मे ९mewsmedia2024अनुमानित पढ्ने समय: 1 मिनेट

Advertisement Space

Contact us for advertising

लुम्बिनी प्रदेशमा प्राविधिक र व्यावसायिक शिक्षा तालिमको पहिलो आधिकारिक प्रोफाइल सार्वजनिक, नीति निर्माणदेखि लगानीसम्मको खाका तयार

लुम्बिनी प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (TVET) क्षेत्रको यथार्थचित्र प्रस्तुत गर्ने ‘टीभीइटी प्रोफाइल’ सार्वजनिक गरिएको छ। सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. ड्यानिएल माउलीको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा यो बहुप्रतीक्षित दस्तावेज विमोचन गरियो।

सार्वजनिक गरिएको प्रोफाइलले लुम्बिनी प्रदेशमा उपलब्ध प्राविधिक तथा व्यावसायिक तालिमका संरचना, कार्यक्रम, क्षमता, आवश्यकताहरू र चुनौतीहरूको समग्र विवरण प्रस्तुत गरेको छ। यो दस्तावेज अब प्रदेशस्तरको नीति निर्माण, बजेट योजना, तालिम कार्यक्रम व्यवस्थापन, र लगानी आकर्षणमा महत्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ।

यस कार्यको नेतृत्व सामाजिक विकास मन्त्रालयले गरेको हो। राष्ट्रिय तथ्यांक कार्यालय, CTEVT, CEHRD लगायतका निकायहरूबाट तथ्यांक संकलन गरी व्यापक विश्लेषणपछि यो प्रोफाइल तयार पारिएको हो। समितिहरू गठन गरी तथ्यमा आधारित यो दस्तावेजले अब दोहोरोपन हटाउने, नीति पारदर्शिता बढाउने र सारोकारवाला संस्थाहरूसँग समन्वयलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।

मन्त्री तिमिल्सिनाले प्रोफाइललाई दक्ष जनशक्ति उत्पादन, रोजगारी सिर्जना र समावेशी विकासको मार्गचित्र भनेर सम्बोधन गरे। “प्रदेशको सामाजिक र आर्थिक रूपान्तरणमा यो दस्तावेज निर्णायक हुनेछ,” उनले भने।

यससँगै, लुम्बिनी प्रदेशले शिक्षा र रोजगारीबीचको पुल निर्माण गर्ने रणनीतिक यात्रा औपचारिक रूपमा सुरु गरेको छ, जुन अब सरकारी योजनादेखि निजी क्षेत्रको लगानी निर्णयसम्म सबैका लागि मार्गनिर्देशक बन्नेछ।


Share:

Advertisement Space

Contact us for advertising

Advertisement Space

Contact us for advertising

थप समाचार

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो
News

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो

२०२५ मे २३
लागू औषध सहित बुटवलबाट चार जना पक्राउ
News

लागू औषध सहित बुटवलबाट चार जना पक्राउ

२०२५ मे २३
सुनको भाउ तोलामा ११ सयले घट्यो
Business

सुनको भाउ तोलामा ११ सयले घट्यो

२०२५ मे २३

Advertisement Space

Contact us for advertising