सम्पादकीय टोली

  • संचालक: रवि चौधरी
  • प्रधान सम्पादक: सन्तोष चौधरी
  • सिस्टम अपरेटर: रामकेश गुप्ता
  • समाचार सहयोगी: साधना कुमारी थारु चौधरी
  • कार्यालय व्यवस्थापक: जनकनन्दनी चौधरी

सम्पर्क

  • मायादेवी गाउँपालिका ०३, गुण्डा चोक, रुपन्देही, नेपाल
  • फोन: +९७७ ९७०२६८३६१८
  • ईमेल: news@mewskhabar.com

कानुनी

  • प्रेस काउन्सिल दर्ता नं: ४९९७/८१-८२
  • सूचना विभाग दर्ता नं: ४७१६/८१८२
  • स्वाधिकार © २०८२ मेउज खबर | All rights reserved.
  • Developed by Mews Media Pvt. Ltd.

मेउज खबर — हाम्रो लुम्बिनी, हाम्रो खबर

Advertisement Space

Contact us for advertising

Local

धुलिखेलमा टिपर सिधै घरभित्र पस्दा ठूलो क्षति

२०२५ मे १३mewsmedia2024अनुमानित पढ्ने समय: 1 मिनेट

Advertisement Space

Contact us for advertising

धुलिखेलमा टिपर सिधै घरभित्र पस्दा ठूलो क्षति

काभ्रेपलाञ्चोक — मंगलबार बिहान धुलिखेल नगरपालिका–५ खड्पुचोकमा एक अचम्मको दुर्घटना भएको छ। बनेपा–पनौती सडकखण्डमा रहेको प्रदीप श्रेष्ठको घरभित्र सवारी साधन सिधै पसेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मीनबहादुर घलेका अनुसार बिहान ६ बजे बनेपाबाट पनौतीतर्फ गइरहेको बा ५ ख २४१७ नम्बरको टिपर अनियन्त्रित भई सिधै श्रेष्ठको घरको सटर फोड्दै भित्र छिरेको हो।

सौभाग्यवश, मानवीय क्षति भने भएको छैन। तर घरको अगाडिको सटर र भित्री भागमा भने उल्लेख्य क्षति पुगेको प्रहरीले जनाएको छ।

‘टिपर एक्कासि कसरी अनियन्त्रित भएर सिधै घरमा पस्यो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ डिएसपी घलेले जानकारी दिए। घटना भएको केहीबेरमै प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

दुर्घटनापछि टिपरलाई घरको सटरबाट निकालेर बनेपातर्फ पठाइएको छ। दुर्घटनाको विस्तृत विवरण र चालकको बयान संकलनको काम भइरहेको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार उक्त स्थान सडकसँगै घरहरू नजिकै रहेको र यस्तो दुर्घटना दोहोरिन नदिन आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ।

सडक सुरक्षाको दृष्टिकोणले पनि यो घटना गम्भीर संकेत भएको बताइँदैछ। सोसल मिडियामा घटनाको तस्बिरहरू सार्वजनिक भएपछि जनताको ध्यान समेत त्यसतर्फ आकर्षित भएको छ।

Share:

Advertisement Space

Contact us for advertising

Advertisement Space

Contact us for advertising

थप समाचार

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो
News

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो

२०२५ मे २३
लागू औषध सहित बुटवलबाट चार जना पक्राउ
News

लागू औषध सहित बुटवलबाट चार जना पक्राउ

२०२५ मे २३
सुनको भाउ तोलामा ११ सयले घट्यो
Business

सुनको भाउ तोलामा ११ सयले घट्यो

२०२५ मे २३

Advertisement Space

Contact us for advertising