काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठुलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले घटेको छ ।
बिहीबारको नयाँ मूल्यअनुसार छापावाल सुनको तोलाको मूल्य १ लाख ८१ हजार ८०० रुपैयाँ पुगेको छ । गत बुधबार सोही सुनको मूल्य १ लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा समेत गिरावट देखिएको छ । बुधबार तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार घटेर १ हजार ९२५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
विगत केही दिनदेखि सुनचाँदीको अन्तर्राष्ट्रिय मूल्य उतारचढाव भइरहेको सन्दर्भमा नेपाली बजारमा समेत त्यसको प्रत्यक्ष असर देखिएको हो ।