सम्पादकीय टोली

  • संचालक: रवि चौधरी
  • प्रधान सम्पादक: सन्तोष चौधरी
  • सिस्टम अपरेटर: रामकेश गुप्ता
  • समाचार सहयोगी: साधना कुमारी थारु चौधरी
  • कार्यालय व्यवस्थापक: जनकनन्दनी चौधरी

सम्पर्क

  • मायादेवी गाउँपालिका ०३, गुण्डा चोक, रुपन्देही, नेपाल
  • फोन: +९७७ ९७०२६८३६१८
  • ईमेल: news@mewskhabar.com

कानुनी

  • प्रेस काउन्सिल दर्ता नं: ४९९७/८१-८२
  • सूचना विभाग दर्ता नं: ४७१६/८१८२
  • स्वाधिकार © २०८२ मेउज खबर | All rights reserved.
  • Developed by Mews Media Pvt. Ltd.

मेउज खबर — हाम्रो लुम्बिनी, हाम्रो खबर

Advertisement Space

Contact us for advertising

Business

सुनको मूल्य सामान्य घट्यो, चाँदी स्थिर

२०२५ मे १८mewsmedia2024अनुमानित पढ्ने समय: 1 मिनेट

Advertisement Space

Contact us for advertising

सुनको मूल्य सामान्य घट्यो, चाँदी स्थिर

नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार घटेर १ लाख ८४ हजार २०० रुपैयाँमा झरेको हो।

तेजाबी सुनको मूल्य पनि घटेर १ लाख ८३ हजार ५०० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

सुनको तुलनामा चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन। अघिल्लो कारोबार दिनको दरअनुसार नै चाँदी आज पनि तोलामा १ हजार ९४५ रुपैयाँमै स्थिर रहेको छ।

अन्तर्राष्ट्रिय बजारको मूल्य घटबढ तथा डलरको भाउसँगै नेपालमा सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको छ। पछिल्ला दिनहरूमा लगातार उच्च रहेको सुनको मूल्यमा केही कमी आउनु उपभोक्ताका लागि सास फेर्न लायक समाचार भएको हो।

Share:

Advertisement Space

Contact us for advertising

Advertisement Space

Contact us for advertising

थप समाचार

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो
News

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो

२०२५ मे २३
लागू औषध सहित बुटवलबाट चार जना पक्राउ
News

लागू औषध सहित बुटवलबाट चार जना पक्राउ

२०२५ मे २३
सुनको भाउ तोलामा ११ सयले घट्यो
Business

सुनको भाउ तोलामा ११ सयले घट्यो

२०२५ मे २३

Advertisement Space

Contact us for advertising