काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको भाउ फेरि बढेको छ। आइतबार प्रतितोला ६ सय रूपैयाँले घटेको सुनको मूल्य आज उस्तै ६ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
हिजो आइतबार सुनको मूल्य एक लाख ८४ हजार दुई सय रूपैयाँ प्रतितोला थियो। अर्थात् एकै दिनको अन्तरमा सुनको मूल्य फेरि पूर्ववतरुपमा फर्किएको देखिन्छ।
त्यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा उकालो आएको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३२१८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आएको यो मूल्य वृद्धिको असर नेपाली बजारमा पनि परेको हो।