काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । मंगलबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला पाँच हजार रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा यो मूल्य पाँच हजार रूपैयाँले बढी हो । मंगलबार छापावाल सुनको मूल्य एक लाख ८४ हजार आठ सय रूपैयाँ थियो ।
चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ । मूल्यमा ५० रूपैयाँको वृद्धि भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको भाउ उकालो लागिरहेको छ । बुधबार सुन प्रतिऔंस ३३ सय ०२ अमेरिकी डलरमा कारोबार भइरहेको देखिन्छ ।
सुनको मूल्यमा आएको यो वृद्धि पछिल्लो समयको अस्थिर आर्थिक वातावरण, डलरको भाउ, र अन्तर्राष्ट्रिय बजारको चापसँग जोडिएको बताइन्छ । दैनिक कारोबार गर्ने र गहना किन्ने तयारीमा रहेका उपभोक्ताका लागि यो मूल्यवृद्धि असरकारी बन्ने देखिन्छ ।