काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार बल्खुमा आयोजित मदन–आश्रित स्मृति दिवसको कार्यक्रममा पुराना नेता माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध कडा टिप्पणी गरे।
ओलीले पार्टीभित्रैका केही नेताहरुले बाहिरी शक्तिसँग मिलेर पार्टीमा अन्तरविद्रोह गराएको आरोप लगाउँदै भने, “तीन वर्षअघि जहाँबाट निकाल्यौं, अहिले उनीहरु त्यहीँ पुगेका छन्।”
उनले पार्टी एकीकरणपछि दुई तिहाइ बहुमतको बलियो नेकपा निर्माण भए पनि केही नेताहरुले नियोजित रूपमा पार्टी तोडफोडको प्रयास गरेको बताए। “पार्टी नेतृत्वमै रहेका व्यक्तिहरूले अदालत धाउने, बाहिरी खेल खेल्ने र पार्टीलाई सिध्याउने प्रयास गरे,” ओलीले भने।
ओलीको आरोप अनुसार, एकीकरणमा आएका नेताहरूको उद्देश्य मूलतः एमालेलाई कमजोर पार्नु थियो। “अविश्वासको प्रस्ताव ल्याउन नसक्ने, संसदमा गएर अन्य तत्वहरूसँग मिलेर चाल चल्ने—यस्तो अवस्था भएपछि हामी कडा निर्णय लिन बाध्य भयौं,” उनले स्पष्ट पारे।
यस वक्तव्यबाट ओलीले अहिलेको सत्तारूढ गठबन्धनका पूर्वसहकर्मीहरू प्रचण्ड र माधवकुमार नेपालप्रति असन्तुष्टि प्रकट गर्दै एमालेको विगतको विघटनको दोष उनीहरूलाई दिएको देखिन्छ।