Advertisement Space

Contact us for advertising

Politics

शिक्षकसँग भएका सम्झौता कार्यान्वयन गर्न कांग्रेस नेता महरको सरकारलाई आग्रह

२०२५ मे २०mewsmedia2024अनुमानित पढ्ने समय: 1 मिनेट

Advertisement Space

Contact us for advertising

शिक्षकसँग भएका सम्झौता कार्यान्वयन गर्न कांग्रेस नेता महरको सरकारलाई आग्रह

काठमाडौं – नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले शिक्षकसँग गरेको सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्। मंगलबार नेपाल शिक्षक संघ काठमाडौं महानगरका पदाधिकारीहरूसँगको छलफलमा उनले सरकारलाई सम्झौता कार्यान्वयनमा ढिलासुस्ती नगर्न चेतावनी दिए।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका महरले विगतमा नेपाल शिक्षक महासंघसँग पटक–पटक भएका सम्झौताहरू अझै कार्यान्वयन नभएको भन्दै सरकारलाई सम्झौताबाट पछि नहट्न आग्रह गरे। उनले संविधानमै उल्लेख गरिएको गुणस्तरीय र नि:शुल्क शिक्षा सुनिश्चित गर्न कानुनी व्यवस्था आवश्यक रहेको धारणा राखे।

‘थ्री पी’ अवधारणा अनुसार निजी लगानीको संरक्षणको विषयलाई पनि विधेयकमार्फत सम्बोधन गर्नुपर्ने उनले बताए। उनका अनुसार शिक्षा विधेयकले शिक्षक महासंघसँग गरिएका सहमतिलाई समेट्नुपर्छ र शिक्षामा गुणस्तर बढाउन शिक्षकहरूलाई उत्तरदायी बनाउने व्यवस्था हुनुपर्छ।

महरले वैशाख १७ गते शिक्षकहरूको एक महिने आन्दोलनपछि भएको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिए। उनले समितिमा पेस गरिएको प्रतिवेदन शिक्षकमैत्री नभएको भन्दै यसबारे स्पष्टता दिन सरकारसँग माग गरे।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले उपसमितिको प्रतिवेदन शिक्षक–कर्मचारी विरोधी भएको भन्दै असन्तुष्टि जनाएका छन्। महासंघले सरकारप्रति मागप्रति अनुदार रहेको आरोप लगाउँदै आएको छ।

सरकारले असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक ल्याउने प्रतिबद्धता गरेपछि वैशाखमा शिक्षकहरूको आन्दोलन स्थगित गरिएको थियो।

Share:

Advertisement Space

Contact us for advertising