सम्पादकीय टोली

  • संचालक: रवि चौधरी
  • प्रधान सम्पादक: सन्तोष चौधरी
  • सिस्टम अपरेटर: रामकेश गुप्ता
  • समाचार सहयोगी: साधना कुमारी थारु चौधरी
  • कार्यालय व्यवस्थापक: जनकनन्दनी चौधरी

सम्पर्क

  • मायादेवी गाउँपालिका ०३, गुण्डा चोक, रुपन्देही, नेपाल
  • फोन: +९७७ ९७०२६८३६१८
  • ईमेल: news@mewskhabar.com

कानुनी

  • प्रेस काउन्सिल दर्ता नं: ४९९७/८१-८२
  • सूचना विभाग दर्ता नं: ४७१६/८१८२
  • स्वाधिकार © २०८२ मेउज खबर | All rights reserved.
  • Developed by Mews Media Pvt. Ltd.

मेउज खबर — हाम्रो लुम्बिनी, हाम्रो खबर

Advertisement Space

Contact us for advertising

Politics

गृहमन्त्री लेखकको कडा सन्देश : धर्मको आडमा राजनीति र हिंसा अस्वीकार्य

२०२५ मे १९mewsmedia2024अनुमानित पढ्ने समय: 2 मिनेट

Advertisement Space

Contact us for advertising

गृहमन्त्री लेखकको कडा सन्देश : धर्मको आडमा राजनीति र हिंसा अस्वीकार्य

काठमाडौं – गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई राजनीतिक उद्देश्य पूरा गर्न प्रयोग गर्नु अस्वीकार्य रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले धर्मको नाममा हिंसा, अराजकता वा आपराधिक कार्यलाई कुनै हालतमा सहन नहुने स्पष्ट पारेका हुन् ।

उनले तीनकुनेमा चैत १५ गते भएको राजतन्त्रको वकालत संविधानको भावना र मर्म विपरीत भएको बताए । “तीनकुनेमा गरिएको राजतन्त्र वकालतको विषय नेपालको संविधान विपरीत छ, जसलाई कुनै पनि सन्दर्भमा उचित मान्न सकिँदैन”, मन्त्री लेखकले भने ।

गृहमन्त्रीले थपे कि कुनै पनि धर्मलाई राजनीतिक लाभको लागि प्रयोग गर्नु न त संविधान अनुसार हो, न नै सामाजिक सद्भावको दृष्टिकोणले उचित । उनले भने, “धार्मिक आवरणमा अपराधजन्य गतिविधि गर्नु, असहिष्णुता फैलाउनु र अराजकता सिर्जना गर्नु कानुनी रूपमा पनि दण्डनीय छ ।”

गृहमन्त्रीका अनुसार तीनकुने घटनामा भएको आगजनी र हिंसा आपराधिक गतिविधि हुन्, जसलाई धर्म वा आस्थासँग जोडेर हेर्न मिल्दैन । उनले धर्मको नाममा उन्मुक्ति खोज्ने प्रयासहरूलाई रोक्नुपर्ने बताए ।

उनले धर्म निरपेक्ष राष्ट्रको अवधारणा स्मरण गराउँदै भने, “कुनै धर्म उत्कृष्ट र कुनै अनुत्कृष्ट भन्ने सोच संविधानले मान्दैन । सबै धर्मप्रति सम्मान गर्नुपर्छ र सबै नागरिकको समान हैसियत सुनिश्चित गर्नुपर्ने राज्यको दायित्व हो ।”

सरकारले यस्ता घटनाबारे गम्भीर समीक्षा गरिरहेको पनि गृहमन्त्रीले जानकारी दिए । घटनाका दोषीमाथि कानुनी कारबाही हुने र धर्मको नाममा समाज विखण्डन गर्ने कुनै पनि प्रयास सफल हुन नदिइने उनले बताए ।

Share:

Advertisement Space

Contact us for advertising

Advertisement Space

Contact us for advertising

थप समाचार

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो
News

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो

२०२५ मे २३
लागू औषध सहित बुटवलबाट चार जना पक्राउ
News

लागू औषध सहित बुटवलबाट चार जना पक्राउ

२०२५ मे २३
सुनको भाउ तोलामा ११ सयले घट्यो
Business

सुनको भाउ तोलामा ११ सयले घट्यो

२०२५ मे २३

Advertisement Space

Contact us for advertising