Advertisement Space

Contact us for advertising

Business

लगातार पाँचौं दिन सेयर बजारमा गिरावट, कारोबार ७ अर्बमा सीमित

२०२५ मे १५mewsmedia2024अनुमानित पढ्ने समय: 2 मिनेट

Advertisement Space

Contact us for advertising

लगातार पाँचौं दिन सेयर बजारमा गिरावट, कारोबार ७ अर्बमा सीमित

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँचौं दिन पनि घटेको छ। साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ७.३७ अंकले घटेर २६१२.८९ विन्दुमा बन्द भएको छ।

बजारसँगै कारोबार रकम पनि घटेको छ। बुधबार ८ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार त्यो घटेर ७ अर्ब ८ करोड रुपैयाँमा झरेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ६५ करोड रुपैयाँले कमी आएको हो।

बिहीबार ३२० वटा धितोपत्रको १ करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर किनबेच भएको छ। कुल ८२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १६४ कम्पनीको घटेको छ। एक कम्पनीको मूल्य स्थिर रहेको छ।

ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर ६३६ रुपैयाँ २० पैसामा पुगेको छ। बलेफी हाइड्रोपावरको मूल्य ८.७७ प्रतिशतले बढेर एक हजार ४६ रुपैयाँमा पुगेको छ।

कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ९.१० प्रतिशतले घटेर २०९० रुपैयाँमा झरेको छ। जोशी हाइड्रोपावरको मूल्य ८.८७ प्रतिशतले घटेर ३९७ रुपैयाँ १० पैसामा झरेको छ।

बिहीबार सर्वाधिक कारोबार सोल्टी होटलको भएको छ। कम्पनीको ५७३ रुपैयाँ दरमा ४६ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ, जुन अघिल्लो दिनको तुलनामा ८.२७ प्रतिशतले घटेको हो।

दोस्रो सर्वाधिक कारोबार भएको कम्पनीमा राधी विद्युत परेको छ। उक्त कम्पनीको सेयर ७१५ रुपैयाँ दरमा ४४ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ।

समूहगत परिसूचकहरूमा १३ मध्ये ४ समूहको सूचक बढेको छ भने ८ समूह घटेका छन्। होटल्स समूहको सूचक सर्वाधिक ४.८९ प्रतिशतले बढेको छ भने विकास बैंक समूहको सूचक २.२१ प्रतिशतले घटेको छ।

Share:

Advertisement Space

Contact us for advertising