Advertisement Space

Contact us for advertising

Politics

सुशासनका लागि अनुशासन अनिवार्य : शेखरकुमार सिंह

२०२५ मे २१mewsmedia2024अनुमानित पढ्ने समय: 2 मिनेट

Advertisement Space

Contact us for advertising

सुशासनका लागि अनुशासन अनिवार्य : शेखरकुमार सिंह

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहले देशमा सुशासन कायम गर्न तीनै तहका सरकार अनुशासित र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्। उनले भने, “जबसम्म सरकारले लगानी पारदर्शी रूपमा नगर्छ, तबसम्म सुशासनको कुरा केवल नारामै सीमित हुन्छ।”

सिंहले मधेसी समुदायको अधिकार सुनिश्चित गर्न संविधान संशोधन अपरिहार्य भएको स्पष्ट पारे। “नयाँ संविधानमा केही अधिकार समेटिएका छन्, तर अझै थुप्रै अधिकार सुनिश्चित गर्न बाँकी छन्,” उनले बताए।

उनको धारणा छ—देशको प्रमुख समस्या शिक्षा, स्वास्थ्य र रोजगारी हो, जुन मधेसमा अझ तीव्र रूपमा देखिएको छ। “युवाहरू गाउँ छाडेर विदेशिएका छन्, मलामी पाउन मुस्किल छ। यो लाजमर्दो अवस्था बदल्न अब स्वरोजगार कार्यक्रमलाई व्यवहारिक रूपमा लागु गर्नुपर्छ,” उनले भने।

शेखरकुमार सिंहले नेपालको आत्मनिर्भरताको मूल आधार कृषि भएको उल्लेख गर्दै सरकारलाई मल, बीउ, सिँचाइ र बजारको व्यवस्थापनमा ध्यान दिन सुझाव दिए। “हामी कृषिमा आत्मनिर्भर हुन सक्छौं, तर सरकारको नीति र व्यवहार बीचको खाडल हटाउन जरुरी छ,” उनले भने।

संघीयता लोकतन्त्रको गहना भएको उल्लेख गर्दै सिंहले संघीयता बिना आफूजस्ता मधेसका प्रतिनिधि राष्ट्रियसभासम्म नपुग्ने बताए। “अब संविधानको कार्यान्वयनलाई थप सुदृढ बनाउने र राज्यका निकायमा पछाडि पारिएका समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने बेला आएको छ,” उनको भनाइ थियो।

शेखरकुमार सिंहले अन्तमा भने, “अबको आन्दोलन व्यवस्थाको होइन, अवस्थामा परिवर्तनको हो। सबै राजनीतिक दल आर्थिक समृद्धिको साझा एजेन्डामा एकजुट हुनुपर्छ।”h

Share:

Advertisement Space

Contact us for advertising