सम्पादकीय टोली

  • संचालक: रवि चौधरी
  • प्रधान सम्पादक: सन्तोष चौधरी
  • सिस्टम अपरेटर: रामकेश गुप्ता
  • समाचार सहयोगी: साधना कुमारी थारु चौधरी
  • कार्यालय व्यवस्थापक: जनकनन्दनी चौधरी

सम्पर्क

  • मायादेवी गाउँपालिका ०३, गुण्डा चोक, रुपन्देही, नेपाल
  • फोन: +९७७ ९७०२६८३६१८
  • ईमेल: news@mewskhabar.com

कानुनी

  • प्रेस काउन्सिल दर्ता नं: ४९९७/८१-८२
  • सूचना विभाग दर्ता नं: ४७१६/८१८२
  • स्वाधिकार © २०८२ मेउज खबर | All rights reserved.
  • Developed by Mews Media Pvt. Ltd.

मेउज खबर — हाम्रो लुम्बिनी, हाम्रो खबर

Advertisement Space

Contact us for advertising

Politics

तिलगाउँमा हिमतालको त्रास : प्रचण्डले सरकारलाई तत्काल उद्धार र सुरक्षित बसोबासको माग

२०२५ मे १९mewsmedia2024अनुमानित पढ्ने समय: 2 मिनेट

Advertisement Space

Contact us for advertising

तिलगाउँमा हिमतालको त्रास : प्रचण्डले सरकारलाई तत्काल उद्धार र सुरक्षित बसोबासको माग

हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका बासिन्दा अहिले भीषण संकटमा छन्। हिमताल फुटेर आएको लेदोसहितको पहिरोका कारण १८ घरधुरी उच्च जोखिममा परेका छन्। गाउँका ५० घरधुरीमध्ये ३२ जना – जसमा २१ महिला, ९ पुरुष र २ बालक छन् – अहिले खुला चौरमा त्रिपालमुनी रात काट्न बाध्य छन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, यी घरपरिवारका सदस्यहरू गाउँभन्दा पारिपट्टि खुला स्थानमा अस्थायी रूपमा बसिरहेका छन्। पहिरो जेठ १ गते राति साढे ११ बजेदेखि बिहान ५ बजेसम्म निरन्तर आएको थियो।

यस स्थितिप्रति गम्भीर ध्यान दिँदै नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई तत्काल उद्धार कार्य र सुरक्षित बसोबासको व्यवस्था गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रचण्डले ३३ जना उद्धारको पर्खाइमा रहेको अवस्थामा सरकारको उपस्थिति नदेखिनु गम्भीर विषय भएको उल्लेख गरे।

उनले भनेका छन्, “तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।”

साथै, जलवायु परिवर्तनका कारण हिमताल फुट्ने घटना बढिरहेका कारण, यस्तो विषय राजधानीसम्म सीमित नराखी पहाडी क्षेत्रमै वैज्ञानिक अध्ययन र पूर्वतयारीको आवश्यकता रहेकोमा पनि उनले जोड दिएका छन्।

प्रचण्डले पार्टी संरचना र कार्यकर्तालाई पनि उद्धार तथा सावधानीका कार्यमा सक्रिय हुन निर्देशन दिइसकेका छन्।

सरकारको ढिलासुस्तीले स्थिति अझै बिग्रिन सक्छ। हुम्लाका यी बासिन्दाहरूको सुरक्षाका लागि तत्काल कदम चाल्नु आवश्यक छ – मौसम प्रतिकूल हुँदै गएको यस समय यस्तो ढिलाइ महँगो पर्न सक्छ।

Share:

Advertisement Space

Contact us for advertising

Advertisement Space

Contact us for advertising

थप समाचार

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो
News

नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो

२०२५ मे २३
लागू औषध सहित बुटवलबाट चार जना पक्राउ
News

लागू औषध सहित बुटवलबाट चार जना पक्राउ

२०२५ मे २३
सुनको भाउ तोलामा ११ सयले घट्यो
Business

सुनको भाउ तोलामा ११ सयले घट्यो

२०२५ मे २३

Advertisement Space

Contact us for advertising